डी.पी राईद्वारा बेलबारी नगरको राहत कोषमा खाद्यान्न सामाग्री हस्तान्तरण


बेलबारी, १० वैशाख / बेलबारी नगरपालिकाको बिपद व्यवस्थापन कोषको लागि समाजसेवी डी पी राईले खाद्यान्न सामाग्री प्रदान गरेका छन् ।

बुधवार बेलबारी नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुलीलाई राईले मन्सुली चामल ३०० केजी, २० केजी दाल, २० केजी नुन र २० वटा साबुन हस्तान्तरण गरेका छन् ।

राईको कान्छा छोरा सरोज याम्फु राई र नाति अभिक याम्फु राई को जन्मदिनको अवसर २० परिवारका लागि राहत प्रदान गरेका हुन । राईले भने, ‘यस विषम परिस्थितिमा जन्म दिनमा रमाइलो गर्नु भन्दा विपन्न तथा ज्याला मजदुरी गर्ने परिवारलाई सहयोग गर्नु उचित हो । कोही पनि भोको नबसुन् ।’

खाद्यान्न सामाग्री सहयोग गरेकोमा राई परिवारलाई नगरका उपप्रमुख पराजुलीले धन्यवाद प्रदान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्