बेलबारी नगरपालिकालाई समाजवादी पार्टी नगरद्वारा ७७५ केजी चामल हस्तान्तरण


अशोक गुरुङ –

बेलबारी, १० वैशाख । बेलबारी नगरपालिकालाई समाजवादी पार्टी नगर समितिले ७ सय ७५ केजी खाद्यान्न चामल प्रदान गरेको छ ।

बुधबार बेलबारी नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुलीलाई पार्टी प्रदेश सदस्य केदार धिमाल, शान्ता तामाङ, जिल्ला सदस्य केशव थापा मगर, नगर अध्यक्ष तिलक राई, विद्यार्थी नेता अशोक राई लगायतको उपस्थितिमा हस्तान्तरण गरेका हुन ।

लकडाउनको कारण भएको खाद्यान्नको अभावमा ज्याला मजदुरी गर्ने परिवारलाई भोको बस्नु पर्ने स्थिति नहोस् भनेर पार्टीले खाद्यान्न सहयोग गरेको नगर अध्यक्ष राई बताएका छन् । ३१ हजार बराबरको खाद्यान्न प्रदान गरेको अध्यक्ष राई  बताए ।

समाजवादी पार्टी नगर समितिलाई नगर उपप्रमुख पराजुलीले धन्यवाद प्रदान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्