बेलबारीका ६ जनाको कोरोना परीक्षणको नतिजा नेगेटिभ


बेलबारी, १० वैशाख / कोरोना परीक्षणको लागि बेलबारीबाट विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको ६ जनाको स्वाब नमुनाको नतिजा नेगेटिभ आएको छ ।

बेलबारी नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार स्वाब नमुना मङ्गलवार परीक्षणको लागि विपि पठाइएको थियो । सोहीको नतिजा नेगेटिभ देखिएको हो ।

यस अघि बेलबारीका ८० जनाको गरिएको परीक्षणमा सबै नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्