लकडाउनमा बेलबारीका नगरप्रमुखलाई अशोकको ३ बुँदे सुझाव


अशोक राई –

बेलबारी, ९ वैशाख / विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस यतिखेर नेपालमा पनि फैलिने डर र त्रास सबै नेपाली जनतामा भएको कुरा जगजाहेर नै छ ।

रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन नदिनको लागी सरकारले लकडाउन गरेको महिना दिन हुन लागेको छ । जसको प्रत्यक्ष असर श्रमिक वर्ग, भाडावालमा पढ्न बसेको विद्यार्थी, काठमाडौँबाट पैदल यात्रा गरी घर जाने व्यक्तिहरू भएका छन् ।

लकडाउन अब कति लामो समय सम्म थपिने हो कोही कसैलाई थाहा छैन, त्यसैले यस सन्दर्भमा बेलबारीका नगरप्रमुखलाई केही सुझाव दिन चाहन्छु ।

१. फागुनको अन्त्यतिर पाउने वृद्ध भत्ता, एकल महिला भत्ता अन्य सामाजिक सुरक्षा भत्ता अहिले सम्म पाएका छैन । यतिखेर सबैको घरमा अन्न सकिन्न लागेको छ, पैसाको अभाव देखिन्न थालेको छ । जसको प्रभाव बृद्द बा, आमा, एकल महिला हुने सक्छ । यस्तो अवस्थामा नगरप्रमुखले प्रत्येक वडा( वडाको अध्यक्षहरूलाई परिचालन गरी आ-आफ्नो वडामा घरघरमा भत्ता पुराउने व्यवस्था गरिनु पर्छ ।

२. नगरपालिकाको एकद्वार प्रणालीबाट वितरण गरिएको राहत धेरै जसो वडाहरूमा विकास टोलको मार्फत गरिएको छ । विकास टोल मार्फत गरिएको राहत वितरण लक्षित वर्गले पाएको छ की छैन त्यसको अनुगमन सम्बन्धित निकायबाट तत्काल गरिनु पर्छ । राहत कुनै पार्टीको नभई स्थानीय सरकारको राहत पाएको महसुस गराउनको लागी प्रत्येक वडाका अध्यक्ष वा प्रतिनिधित्व वा उपलब्ध सर्वदलीय पार्टीको प्रतिनिधित्वहरूको सहभागिता गराइनु पर्छ । साथै यथाशीघ्र अनुसन्धान गरेर दोस्रो चरणको राहत कार्यक्रमको घोषणा गरिनु पर्छ ।

३. कोरोना भाइरसको यापिड डाईग्रोइष्टिक टेस्टमा खटिनु हुने स्वास्थकर्मीहरुको लागी आवश्यक न्यूनतम २ जोर पुग्ने गरी पिपिईको व्यवस्था गराइनु पर्छ । कहीँ कतै संक्रमित रोगी पत्ता लागेमा हस्पिटल सम्म पुराउनको लागी चालक र छुट्टै एम्बुलेन्सको व्यवस्था गरिनु पर्छ ।

 

अशोक राई
शताब्दी न्युज प्रधान सम्पादक / विद्यार्थी नेता

प्रतिक्रिया दिनुहोस्