बेलबारी नगरपालिकालाई प्रभु बैंकद्वारा ४ सय २० केजी चामल हस्तान्तरण


बेलबारी, ८ वैशाख । प्रभु बैंक लिमिटेड बेलबारी शाखाले बेलबारी नगरपालिकालाई ४ सय २० केजी चामल प्रदान गरेको छ ।

सोमबार बेलबारी नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुलीलाई प्रभु बैंक लिमिटेड बेलबारी शाखा प्रमुख जयकिसन श्रेष्ठले हस्तान्तरण गरेका हुन ।

कोरोना भाइरस कोभिड १९ को जोखिमलाई ध्यानमा राखेर सरकारले लागु गरेको लकडाउनमा उत्पन्न भएको खाद्यान्नको अभावमा ज्याला मजदुरी गर्ने परिवारको लागि चामल बेलबारी शाखाले प्रदान गरेको श्रेष्ठले बताएका छन् ।

सहयोग गर्ने प्रभु बैंक लिमिटेड बेलबारी शाखालाई उपप्रमुख पराजुलीले धन्यवाद प्रदान गरेकी छन् ।

https://youtu.be/yLRQLlnKzAY

प्रतिक्रिया दिनुहोस्