केराबारीमा गाँजा सहित दुई जना पक्राउ


लक्ष्मीमार्ग, ७ वैशाख / मोरङको केराबारीमा गाँजा सहित दुई जना पक्राउ गरेका छन् । शुक्रवार केराबारी १ का विष्णु लिम्बु र केराबारी १० का उमेश मल्लीकलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय केराबारी र सशस्त्र प्रहरी वेस क्याम्प लक्ष्मीमार्गको संयुक्त गस्ती टोलीले को १८ प ८५४८ नम्बरको मोटरसाइकलमा चेक जाँच गर्दा विष्णु र उमेशलाई २ केजी ८०० ग्राम गाँजा सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई कारबाहीको लागी इलाका प्रहरी कार्यालय केराबारीमा बुझाइएको सशस्त्र प्रहरी वेस क्याम्प लक्ष्मीमार्गले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्