कोरोना परीक्षणमा बेलबारीका ८० जनाको रिर्पोट सबै नेगेटिभ


बेलबारी, ६ वैशाख / मोरङको बेलबारी नगरपालिकामा ७४ जनाको कोरोना परीक्षणमा सबै नेगेटिभ आएको छ । र्‍यापिड डाइग्नोष्टिक टेस्ट प्रविधिबाट मङ्गलबार वैशाख २ गते १६ जनाको परीक्षण गरिएको थियो भने आज (शनिवार) भएको ५८ जनाको रिर्पोट नेगेटिभ आएको हो ।

विदेशबाट आएका र शंकास्पद व्यक्तिहरूको परीक्षण गरिरहेको नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताएका छन् । १ सय ४ जना मध्य अहिले सम्म भएको ८० जनाको परीक्षण भइसकेको सन्तोषले जनाएका छन् । परीक्षणबाट सबै रिर्पोट नेगेटिभ आएको सन्तोषले बताएका छन् ।

यस अघि ३ जनाको परीक्षण सुनसरीको धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो । २ जनाको मोरङको विराटनगर स्थित कोसी अस्पताल र १ जनाको टाडीको क्वारेन्टाइनमा भएको बेलबारी स्वास्थ्य शाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्