जिल्लामै पहिलो पटक बेलवारीमा दैनिक उपभोग्य सामानको मूल्यमा एकरूपता (सुची सहित)


बेलवारी ६ वैशाख / दिनप्रतिदिन तीव्र रूपमा विश्वमा महामारीको रूपमा फैलिँदै गइरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न सरकारले देशलाई लकडाउनको घोषणा गरेको २६ दिन भएको छ । बजारमा दैनिक उपभोग्य बस्तुको कृत्रिम अभाव र बढी मूल्यमा बिक्री वितरण हुन नदिन बेलवारी उद्योग वाणिज्य संघले बेलवारी भित्रका सबै पसलहरूलाई मूल्य सूचि सार्वजनिक गर्दै मूल्यमा एकरूपता ल्याएको छ ।

केही दिन देखी बेलवारी नगरपालिका क्षेत्र भित्रका खाद्य किराना पसलहरूमा उपमेयर ढाकाकुमारी पराजुली सहितको अनुगमन टोलीले पटक पटक अनुगमन गरिरहेको छ । शुक्रवार बेलवारी नगरपालिका र इलाका प्रहरी कार्यालय सँग समन्वय गर्दै बेलवारी उद्योग वाणिज्य संघले बजार अनुगमन गरे पश्चात् मूल्यमा एकरूपता ल्याउने निर्णय गरेको बेलवारी उद्योग वाणिज्य संघका अध्यक्ष योगेन्द्र प्रसाद सुबेदी बताउँछन् । फरक फरक पसलमा फरक फरक मूल्य रहँदा उपभोक्तालाई असजिलो भएको हुनाले उपभोक्ताको हितमा र व्यवसायीहरूलाई पनि बिक्री वितरण गर्न सजिलो होस् भनेर जिल्लामै पहिलो पटक मूल्यमा एकरूपताको निर्णय हामीले लागु गरेका हौँ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष राजेशजंग कार्की बताउँछन् ।

शनिवार बेलवारी उद्योग वाणिज्य संघ बेलवारीले एक विज्ञप्ति जारी गर्दै लकडाउन अवधिमा कुनै पनि उपभोक्ताले महँगोमा दैनिक उपभोग्य खाद्य सामग्रीको खरिद गर्नु नपरोस् भन्दै मूल्यमा एकरूपता ल्याउन बेलवारी नगरपालिका, इलाका प्रहरी कार्यालय र बेलवारी उद्योग वाणिज्य संघको संयुक्त रूपमा भएको बजार अनुगमन बाट निम्न खाद्य वस्तुको निम्न मूल्य निर्धारण गरेको जनाएको छ ।

साथै जारी गरिएको खाद्य सामग्रीको मूल्य भन्दा बढी कुनै पसलले लिइएको पाइएमा तुरुन्तै उद्योग वाणिज्य संघ अथवा बेलवारी नगरपालिका र प्रहरी कार्यालयमा खबर गरिदिनुहुन अनुरोध गरेको छ । मूल्य सूचि भन्दा बढी मूल्यमा बेचेको पाइएमा कानुन बमोजिम कारबाही हुने विज्ञप्ति मार्फत जानकारी समेत गराएको छ ।

https://youtu.be/sWzUkNVvUqg

प्रतिक्रिया दिनुहोस्