केराबारीमा र्‍यापिड टेस्टबाट २० जनाको कोरोनाको परीक्षण : रिपोर्ट सबै नेगेटिभ


केराबारी, ४ वैशाख । केराबारी गाउँपालिकामा आज (बिहीबार) र्‍यापिड टेस्ट मार्फत गरिएको २० जनाको कोरोना परीक्षणको रिपोर्ट सबै नेगेटिभ आएको छ ।

केराबारी स्वास्थ्य शाखाको समन्वयमा वडा नं.६ स्थित सामुदायिक सर्पदंश उपचार केन्द्रको क्वारेन्टाइन भवनमा गरिएको कोरोनाको परीक्षणमा सबै रिपोर्ट नेगेटिभ आएको हो ।

डेढ महिना यता विदेशबाट घर फर्किएका २० जना स्थानीयको परीक्षण गरिएको केराबारी स्वास्थ्य शाखाका प्रमुख टोम प्रसाद चम्लागाइले जनाएका छन् । प्रदेश सरकार मार्फत उपलब्ध किटबाट पहिलो पटक केराबारी गाउँपालिकाले आज देखी र्‍यापिड टेस्ट मार्फत कोरोनाको परीक्षण सुरु गरेको हो ।

आज वाड नं. ४, ५, ६ र ७ बाट २० जनाको प्रशिक्षण गरिएको चम्लागाइले जनाएका छन् । भोलि शुक्रवार वाड नं. ८ स्थित प्रस्तावित केराबारी अस्पतालमा प्रशिक्षण गर्ने चम्लागाइले बताएका छन् । उनका अनुसार भोलि वाड नं. १, २, ८, ९ र ३ का मानिसहरूको परीक्षण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्