बेलबारीलाई सहारा नेपालको रु.५० हजार सहयोग : जय श्रीको रु.३५ हजार


मोरङ, बेलबारी / बेलबारी नगरपालिकाको बिपद व्यवस्थापन कोषमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

बुधवार झापामा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ५० हजार रुपैयाँ कोषका लागि बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई हस्तान्तरण गरेका हुन ।

बिराटचोक शाखाका प्रमुख मोतिखर सन्जेल र बाहुनी शाखाका प्रमुख खम्बराज काफ्लेले नगर प्रमुख सुवेदीलाई हस्तान्तरण गरेका छन् । यस्तै जय श्री कक्रिट उद्योग सुन्दरहरैचाले ३५ हजार हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्