वैशाख १५ सम्म लकडाउन बढाउने सरकारकाे निर्णय


काठमाडौं,२ वैशाख । सरकारले लक डाउन अवधी वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

लकडाउन १२ दिन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्‍याइएको थियो।

नेपालमा अहिले कोरोना संक्रमितको संख्या १६ पुगे छ । लकडाउन अघि दुइ जना संक्रमित थिए । भने एकजना निकाे भइसकेका थिए । संख्या बढेसँगै सरकारले लकडाउन झनै कडा बनाउने निर्णय गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्