बेलबारीमा कोरोनाको परीक्षण गर्ने : युवासंघले दियो स्याम्पल कलेक्सन बुथ


बेलबारी, १ वैशाख / मोरङको बेलबारी नगरपालिकाले २०७७ वैशाख १ गते देखी कोरोना भाइरसको परीक्षण सुरु गर्ने भएको छ । देशैभरी स्वास्थ्य सामाग्री अभाव भइरहेका बेला बेलबारीले भने द्रुत निर्धारण परीक्षण (RTD) प्रयोग गरेर कोरोना भाइरसको उपचार गर्न तयार भएको हो ।

परीक्षणका लागि चाहिने आवश्यक केही स्वास्थ्य सामाग्रीहरू नगरपालिकाले खरिद गरेको छ भने केही सामाग्री दाताहरूको सहयोगबाट प्राप्त भएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । नेपाल भन्दा बाह्य देशबाट आएका ब्याक्ति तथा संकाशपद ब्यात्तीहरुको परीक्षण गरिने मेयर सुवेदीले बताए ।

द्रुत निर्धारण परीक्षण (RTD) पद्धति वाट १५ मिनेटमा नै नतिजा आउने नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।

यसै गरी राष्ट्रिय युवासंघ नेपाल मोरङले स्याम्पल कलेक्सन बुथ प्रदान गरेको छ । नेपाल इन्जिनियर एसोसिएसन इटहरी च्याप्टरको प्राविधिक सहयोगमा उक्त बुथ प्रदान गरिएको युवासंघ मोरङका संयोजक नवीन पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्