बेलबारीमा “प्रहरीको साथी म” कार्यक्रम


बेलबारी, मोरङ / कोरोनाले विश्वलाई नै आक्रान्त बनाइरहेको बेलामा कोरोना रोग तथा अन्य विपदकाे समयमा समेत सहयोगी भूमिका निभाउने गरी बेलबारी नगरपालिकामा सामुदायिक साझेदारी अन्तरगत “प्रहरीको साथी म” कार्यक्रम सञ्चालनमा आएको छ ।

आइतबार बिहान बेलबारी नगरपालिका -१, स्थित तमु बौद्ध गुम्बामा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले “प्रहरीको साथी म” लेखिएको टि सर्ट वितरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले “प्रहरीको साथी म” कार्यक्रममा जोडिएका युवाहरूलाई अनुशासित भएर काम गर्न आग्रह गरेका थिए ।

बेलबारीका ११ वडामा वाड स्तरीय समिति बनेको र नगरस्तरीय समितिमा प्रत्येक वडामा १० जनाका दरले प्रहरीको साथी म गठन गरिएको छ भने जिल्लाका १७ वटै स्थानीयपालिकाबाट १६ सय जना युना परिचालित हुने जिल्ला प्रहरी कार्यालयका एसपी विश्व अधिकारीले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भोलेन्टियर्सहरुलाई टिसर्ट, ग्लोब लगायतका सामाग्रीहरू समेत हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गुणराज बुढाथोकीले जानकारी दिए ।

उता प्रहरीले नव गठित “प्रहरीको साथी म” टोलीको सामुदायिक साझेदारी अन्तरगत प्रकोप तथा अपराध न्यूनीकरणमा प्रभावकारी भूमिका रहने बताइरहँदा स्थानीय निर्वाचनमा मेयरको उम्मेदवार बनेका व्यक्ति तथा निर्वाचित वडाध्यक्ष समेत सहभागी भए पछि यसको प्रभावकारितामा प्रश्न चिन्ह खडाभएकाे छ ।

https://youtu.be/dMuW7pcCb0I

प्रतिक्रिया दिनुहोस्