बेलबारीमा भोलि देखी कोरोना भाइरसको परिक्षण गर्ने


बेलबारी, ३० चैत / मोरङको बेलबारी नगरपालिकाले २०७७ बैशाख १ गते देखी कोरोना भाइरसको परिक्षण गर्ने भएको छ । स्वास्थ्य सामाग्रि अभावमा परिक्षण गर्न समस्या भइरहेका बेला बेलबारीले भने निशुल्क कोरोनाको परिक्षण गर्ने भएको हो ।

परिक्षणकालागि चाहिने आवश्वयक स्वास्थ्य सामाग्रिहरु ल्याइसकेको मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । नेपाल भन्दा बाह्य देश बाट आएका तथा संकाशपद ब्यात्तीहरुको परिक्षण गरीने मेयर सुवेदीले बताए । उनले नगरवासिहरुलाई लकडाउनको पालना गर्न समेत आग्रह गरेका छन ।

द्रुत निर्धारण परिक्षण (RDT) द्धारा रोगको पहिचान गरीने नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । उनका अनुसार(RDT) वाट परिक्षण गरीएको १५ मिनेटमानै नतिजा आउछ । परिक्षणका लागि अवश्यक जनशक्ति समेत तयारी अबस्थामा राखीएको नगरपालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्