बेलबारी उद्योग वाणिज्य संघको एक हजार केजी चामल सहयोग


बेलबारी, ३० चैत / बेलबारी उद्योग वाणिज्य संघले एक हजार केजी चामल बेलबारी नगरपालिकालाई हस्तान्तरण गरेको छ । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीलाई आइतबार हस्तान्तरण गरेका हुन ।

खाद्यान्न बेलबारी उद्योग वाणिज्य संघका अध्यक्ष योगेन्द्र सुवेदीले हस्तान्तरण गरेका छन् । लकडाउनमा खाद्यान्नको अभावमा ज्याला मजदुरी गर्ने परिवार कोही भोको रहनु नपरोस् भन्ने उद्देश्यले खाद्यान्न सामाग्री प्रदान गरेको बेलबारी उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेशजंग कार्कीले बताएका छन् ।

बेलबारी नगरपालिकाका प्रमुख सुवेदीले बेलबारी उद्योग वाणिज्य संघलाई धन्यवाद प्रदान गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्