बेलबारी नगरलाई आदिवासी जनजाति महासंघ बेलबारीको रु. ५० हजार सहयोग


बेलबारी, ३० चैत / नेपाल आदिवासी जनजाति महासंघ बेलबारी नगर समन्वय परिषद् बेलबारीले बेलबारी नगरपालिकाको विपद् व्यवस्थापन कोषका लागि रु.५० हजार सहयोग गरेको छ ।

आइतबार नेपाल आदिवासी जनजाति महासङ्घ बेलबारी नगर समन्वय परिषद् बेलबारीका अध्यक्ष तिलक प्रसाद राईले बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीलाई सो रकम हस्तान्तरण गरेका छन् ।

अध्यक्ष राईले सबै नगरवासीलाई सरकारले लागु गरेको लकडाउनको पालना गर्दै आफू सुरक्षित रहेर अरूलाई पनि सुरक्षित राख्न घरमा नै सेल्फ क्वारेन्टाइनमा रहन आग्रह गरेका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ बेलबारी नगर समन्वय परिषद्ले यस महासंकटमा ज्यालामजदुरी गर्ने परिवारको लागि खाद्यान्न खरिद गर्न सानो सहयोग पुर्‍याउने उद्देश्यले भए पनि बेलबारी नगरपालिकालाई रु.५० हजार प्रदान गरेको अध्यक्ष राईले बताए ।

त्यसै गरी शनिवार द रिभर ओभरसिज काठमाडौँले पनि बेलबारी नगरपालिकाको विपद् व्यवस्थापन कोषका लागि १ लाख १ हजार १सय ५ रुपैयाँ प्रदान गरेको छ ।
द रिभर ओभरसिजका सञ्चालक रघुनाथ पुरीका दाजु ज्ञानेन्द्र पुरीले उक्त रकम बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई हस्तान्तरण गरेका हुन । पुरीले नगरपालिलाई केही दिन भित्रनै कोरोना भाइरसको उपचारका लागि चाहिने केही स्वास्थ्य सामाग्री उपलब्ध गराउने समेत बताएका छन् ।

यस्तै शनिवार नै युवा जागरण अभियान बेलबारीले १० हजार रुपैयाँ कोषमा जम्मा गरेको छ भने मिरमिरे एग्रो प्रालिले बेलबारी ८ ले समेत ५ हजार जम्मा गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

विपद्को घडीमा सहयोग गर्ने दाताहरूलाई नगर प्रमुख सुवेदीले धन्यवाद ज्ञापन गरेका छन् ।

https://youtu.be/mQDIo88-AKY

प्रतिक्रिया दिनुहोस्