प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे सम्बोधन गर्ने


काठमाडौँ, २५ चैत । कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारबारे सरकारले गरेको तयारी र कार्ययोजनाबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे देशका नाममा सम्बोधन गर्दै छन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीबारे जानकारी दिन प्रधानमन्त्री ओलीले  देशका नाममा सम्बोधन गर्न लागेका हुन ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री आफूले सम्बोधन गर्न लागेको जानकारी गराएका थिए । उक्त बैठकले चैत ११ गते देखी सुरु भएको लकडाउन थप वैशाख ३ गते सम्म बढाउने निर्णय गरेको छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले स्वास्थ्यकर्मीलाई निर्धक्क भएर उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन आग्रह गर्ने स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्