वैशाख ३ गते सम्म लकडाउन लम्बियो


काठमाडौँ, २४ चैत / वैशाख ३ गते सम्म लकडाउन थपिएको छ । मन्त्रिपरिषद्को भर्खरै सम्पन्न बैठकले थप ८ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

आज सोमबार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा भएको थियो । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण कम गर्ने उद्देश्य राखेर पहिलो चरणमा लकडाउन गरेको थियो। यस्तै चैत १८ गते पुनः लकडाउनको समय २५ चैतसम्म थप गरेको थियो ।

मन्त्रिपरिषद्को बैठकले चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड(१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्