काठमाडौँ, २० चैत / नेपालमा थप एकजनालाई कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । कतार एयरवजको जहाजबाट गत चैत ४ मा काठमाडौँ आएका यात्रुलाई कोरोना सङ्क्रमण भएको हो । यो सँगै नेपालमा कोरोना सङ्क्रमण देखिनेको सङ्ख्या ६ पुगेको छ।
बिहीबार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छैटौँ नेपालीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको जानकारी दिए ।
काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार छैटौँ व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिएको डा. देवकोटाको भनाई छ ।
देवकोटाका अनुसार चैत ४ गते दोहाबाट काठमान्डु आएको त्तच् टछद्द उडानमा आएका अर्का व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको हो। पहिला नै उक्त उडानमा आएका दुई जनामा सङ्क्रमण देखिएको थियो।
यसअघि सोही उडान अर्थात् क्यूआर ६५२ फ्लाइटबाट नेपालकी काठमाडौँकी १९ वर्षीय युवतीमा चैत १० गते र बागलुङकी १९ वर्षीय युवतीमा चैत १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
देवकोटाका अनुसार बिहीबारसम्म नेपालमा हालसम्म १,१ ८४ जनामा कोभिड(१९ को परीक्षण गरिएको छ। त्यसमध्ये १,१७८ मा सङ्क्रमण नदेखिएको र पाँच जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
नेपालको पहिलो सङ्क्रमित व्यक्ति निको भएर घर फर्किसकेका छन् । बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।