बेलबारीमा खाद्यान्न सामाग्रीको दररेटमा एकरूपता ल्याउने


बेलबारी, १८ चैत / खाद्यान्नका सामाग्रीहरू दररेट एकरूपता ल्याउनका लागि बेलबारी नगरपालिकाले उद्योगी व्यापारी सँग छलफल गरेको छ । मङ्गलवार नगरपालिकाले बेलबारीका उद्योगी तथा व्यापारीहरू सँग छलफल गरेको हो ।

लकडाउनको समय सबै पसल उद्योगमा दररेट समेत एक दर राख्न समेत आग्रह गरेका छौ बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले भने उद्योगी व्यापारीले पनि नगरवासीलाई खाद्यान्न सहज बनाउने बताएका छन् ।

नगरवासीलाई दैनिक उपभोग्य सामाग्रीहरू घरघरमै पुर्‍याउन समेत नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले यस अघि सर्वदलीय बैठक बोलाएर कोरोना रोकथाम तथा त्यसबाट परेको असरका बारेमा समेत छलफल गरेको थियो ।

सर्वदलीय बैठक वाट मेयर सुवेदीकै संयोजकत्वमा नोवल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय नगर समन्वय समिति समेत गठन गरिएको थियो ।
केही दिन अघि मात्रै वडा अध्यक्षहरूलाई मेयर सुवेदीले नगरवासीको हितका लागि २४ घन्टा नै तयारी अवस्थामा रहन समेत निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्