काठमाडौँ, १६ चैत । नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा सरकाले थप अप्रिल १५ सम्मलाई प्रतिबन्ध लम्ब्याएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले वैशाख ३ (अप्रिल १५) सम्मको लागि प्रतिबन्ध लम्ब्याएको हो ।
कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन सरकारले चैत ९ गते देखी १८ सम्मको लागि लकडाउन लागु गरेको थियो भने अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध गत आइतबारको मध्यरातबाट लागू भएको थियो । तर कोरोनाको बढ्दो सङ्क्रमणको प्रभावको कारण लकडाउन थप गर्न उक्त बैठकले सिफारिस पनि गरेको छ ।
विदेशी एयरलाइन्स नेपाल आउन प्रतिबन्ध भए पनि नेपालबाट यात्रु लिएर जान सक्छ र खाली विमान आउन सक्छन् । सोही अनुसार गएराती चीनबाट नेपाल एयरलाइन्सले मेडिकल सामग्री ल्याएर आएको छ ।