काठमाडौँ, १६ चैत / कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणको प्रभाव नेपालमा पनि बढेसँगै लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरिएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि थप्न सरकारलाई आइतबार सिफारिस गरेको हो ।
सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले लकडाउन थप्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ। कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा समितिले यस्तो निर्णय लिएको हो। तर कति अवधि कति थप गर्ने भन्ने निर्णय मन्त्रीपरिषद्ले गर्नेछ ।
कोरोनाको संक्रमणको जोखिमलाई ध्यानमा रख्दै सरकारले चैत ११ गते मङ्गलवार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देश लकडाउनको घोषणा गरेको थियो । अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो । लकडाउनका क्रममा अत्यावश्यक बाहेकका सबै सेवा र गाडी तथा हवाई यातायात पनि ठप्प पार्ने
यसै गरी अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात् आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।