काठमाडौँ, १५ चैत । नेपालमा पाँचौँ कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । बेल्जियमबाट आएकी १९ वर्षीय युवतीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।
उक्त युवतीमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।