कोरोना सङ्क्रमित थप एक जना धनगढीको सेती अस्पतालमा भेटियो


धनगढी, १४ चैत । नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको एक व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उक्त व्यक्तिमा कोरोना भाइरसबाट सङ्क्रमित भएको जानकारी दिएका हुन् । यस अघि काठमाडौँस्थित टेकु अस्पतालमा उपचारमा आएका मध्य ३ जना कोरोनाको सङ्क्रमण भेटिएको थियो ।

एक जना उपचार पछि निको भएर घर फर्की सकेको छन् भने दुई जना बिरामीको उपचार भइरहेको छ । फ्रान्सबाट कतार हुँदै आउने एक १९ वर्षीय युवती र दुईबाट आएका एक युवाको टेकुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्