बेलबारी नगरपालिकाले जनताको घरघरमा खाद्यान्न पुर्‍याउने : वाड १ ले आज सुरु गर्दै


केशु विरही –

बेलबारी, मोरङ/ काेरानाकाे प्रकोपलाई कम गर्ने अभिप्रायले राज्यले लागू गरेको लकडाउनमा स्थानीयवासीलाई खाद्यान्नको अभाव नहाेस भनेर बेलबारी नगरपालिकाले घरघरमा खाद्यान्न डेलिभरी गर्ने कार्यको सुरुवात गर्ने भएको छ । बेलबारी नगरपालिका वार्ड नं -१ ले आजदेखि सो व्यवस्था गरेको छ ।

सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी बनाउन तथा यस्तो विकट परिस्थितिमा पनि खाद्यान्नको अभाव नहाेस आफूहरूले यो व्यवस्था गरेको बेलबारी नगरपालिका वार्ड नं -१ का वडाध्यक्ष चक्रबहादुर खुलालले जानकारी गराए ।

नगरपालिकाले तीनवजेसम्म फोनमार्फत अडर लिने र अडर ४ बजे पछि नगरपालिकाका स्यवमसेवकहरुले घरघरमा खाद्यान्न पुर्‍याउने वडाध्यक्ष खुलालले बताउँछन् । नगरपालिका यो कदमलाई स्थानीयले सकारात्मक रूपमा लिँदै यसको निरन्तरता आशा गरेका छन् ।

बेलबारी नगरपालिकाले खाद्यान्नको अभावले भोकै बस्नु पर्ने अवस्था भएका ज्याला मजदुरी गर्ने परिवारको पहिचान गर्ने र सोही अनुसार केही व्यवस्थापन गर्ने नगर प्रमुख सुबेदीले बताएका छन् । कोरोनाको सङ्क्रमणबाट सुरक्षित हुन घर घरमा नै बस्न नगरवासीलाई सुवेदीले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्