लकडाउनको दोस्रो दिन पनि नागरिक अटेरी : बेलबारीमा एक सय भन्दा बढी सवारीसाधन नियन्त्रण


बेलबारी, १२ चैत / लकडाउनको दोस्रो दिन आज (बुधवार) बेलबारीमा प्रहरीले एक सय भन्दा बढी सवारी साधन नियन्त्रणमा लिएका छन् । नेपाल सरकारले कोरोना भाइरस  (कोभिड-१९) को जोखिमलाई ध्यानमा राख्दै चैत ११ गते देखी लकडाउन गरेको दोस्रो दिन नियम उल्लघंन गर्नेलाई सवारी साधन सहित नियन्त्रणमा प्रहरीले लिएका हुन ।

नेपालमा कोरोना सङ्क्रमित मानिसको सङ्ख्या ३ जना पुगेको छ तर पनि मानिसहरू अटेर गरेर लकडाउनको उल्लंघन गर्दै अत्यावश्यक काम विना पनि बाहिर हिँडिरहेका छन् । एक सय भन्दा बढी सवारी साधन नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक गुनराज बुढाथोकीले जनाएका छन ।

इलाका प्रहरी कार्यालय बेलबारीले कोरोनाबाट जोगिन अत्यावश्यक काम बाहेक बाहिर नहिँड्न आग्रह गर्दै नियम उल्लघंन गर्नेलाई सवारी साधन सहित नियन्त्रणमा लिइरहेको छ । क्रमशः हिजोको भन्दा बाहिर निस्किनेको सङ्ख्या घटेको छ । हिजो तिन सय भन्दा बढीको सङ्ख्याका सवारी साधन नियन्त्रणमा लिएका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक बुढाथोकीले अत्यावश्यक काम बाहेक घरमा बाहिर ननिस्कन आग्रह गरेका छन् । बुढाथोकीले लकडाउन हामी सबैको सुरक्षाको लागि भएकोले सबै सचेत भई चैत २१ गते सम्मको लकडाउन उल्लंघन नगर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्