काठमाडौँ, १२ चैत । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमित सङ्ख्या तिन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको एक व्यक्तिको नमुनामा पोजेटिभ देखिएको छ ।
बुधवारको नयाँ सङ्क्रमित भेटिएको रिर्पोटसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमित तिन पुगेको हो । यसबारे थप जानकारी आउन बाँकी नै छ ।
चीनबाट आएका एक विद्यार्थीमा कोरोनाको सङ्क्रमण देखिएसँगै नेपालमा कोरोना सङ्क्रमित बिरामीको सुरुवात भेटिएको हो ।
फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीय युवतीमा पनि कोरोनाको सङ्क्रमण भेटियो । चैत ४ गते कोरोना सङ्क्रमित दोस्रो बिरामीको पुष्टि भएको थियो ।
उक्त विषयमा स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी प्रदान लगतै मंगलबार गते आइतबार बिहान ६ बजे देखी लागु हुने गरी सरकारले लकडाउनको घोषणा गरेको थियो । सरकारले चैत २१ गते सम्मको लागि लकडाउनका घोषणा गरेको छ ।
चीनबाट आएका एक विद्यार्थी निको भएर घर फर्किसकेका छन् । नेपालमा ६८७ जनाको नमुना परीक्षण हालसम्म गरिए मध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।