लकडाउन उल्लंघन गर्दै कन्टेनरमा लुकेर काठमाडौँबाट वीरगन्ज पुगेका ५२ जना पक्राउ


वीरगन्ज, १२ चैत ।  लकडाउन उल्लंघन गर्दै सामान बोक्ने कन्टेनरमा लुकेर काठमाडौँबाट वीरगन्ज पुगेका ५२ जना पक्राउ परेका छन् ।

काठमाडौँदेखि चितवनको भरतपुर, हेटौँडा हुँदै यति धेरै जिल्लाको लकडाउनलाई छल्दै कन्टेनरमा लुकेर वीरगन्ज पुगेका उनीहरुहरुलाई मङ्गलवार मध्य राति प्रहरीले पक्राउ गरेको हो । हालसम्म उनीहरूलाई छानिएको छैन ।

काठमाडौँमा सामान छाडेर वीरगन्ज फर्किँदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा उनीहरू चढेर वीरगन्ज पुगेका थिए । उनीहरूले कन्टेनर चालकलाई २–२ सय रुपैयाँ भाडा दिएको बताएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्