बेलबारीमा फोहोर व्यवस्थापन कहिले हुन्छ ?


अशोक गुरुङ –

बेलवारी , ९ चैत । फोहोरले विशेष मानिसको स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ । यसले वरिपरिका वातावरण, पर्यावरण र सौन्दर्यलाई पनि बिगार्छ । यस बारेमा सबै जानकार भएता पनि व्यवस्थापन राम्रो नहुँदा स्वास्थ्य गम्भीर असर पारि रहेको हुन्छ ।

मोरङ बेलबारी वाड नं. १ स्थित अमना सिसौली सिमसार क्षेत्रमा फोहोरको कारण स्थानीयलाई सास्ती भएको छ । उक्त स्थानमा सड्ने गल्ने र नसड्ने सबै प्रकारको फोहोर फ्यालिने गर्दछ । सड्ने फोहोर, मरेको जनवार जस्तो फोहोर फ्याकीन्दा दुर्गन्धले निकैनै स्थानीयलाई पिरोल्ने गरेको छ ।

दुर्गन्धले स्थानीयलाई पिरोली रहेको स्थानीय बताऊ छन् । स्थानीय राजु लिम्बुका अनुसार फोहोरको दुर्गन्धले आउँदा बसी नसक्नु हुन्छ । यस बारे वाड अध्यक्षलाई पनि जानकारी गराएको लिम्बु बताउँछन् ।

वडा न. १ का अध्यक्ष चक्र खुलालले फोहोर व्यवस्थापनको समस्या समाधानको लागि ६ वटा नगरपालिका र गाउँपालिकाले लिवरा कम्पन्नीसगँ सम्झौता भएको जनाएका छन् । फोहोर व्यवस्थापनको लागि निर्माण गरिने संरचनाको लागि लिवरा कम्पनी ९केन्डा० ले ४० प्रतिशत , वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र नेपालले ४० प्रतिशत र ६ वटा नगरपालिका र गाउँपालिका २० प्रतिशत तथा जग्गा उपलब्ध गराउने विषयमा सम्झौता भएको बताए । यो समस्याको समाधान चाडै हुने खुलालले बताएका छन् ।

बेलबारी वाड नं. मा सोमबार लाग्ने प्रमुख साप्ताहिक बजारबाट हुने फोहोर व्यवस्थापन नहुँदा उस्तै गुनासो स्थानीयबाट आउने गरेको छ । बजार लाग्छ, उठ्छ तर फोहोर भने पूर्ण रूपमा सफा हुँदैन । विभिन्न पसलहरू राखिएको हुन्छ, सब्जीको, मासुको, पिए पदार्थ, खानेकुरा लगायतको । जुन साप्ताहिक रूपमा राखिएको उक्त सोमबारे बजारमा हुने फोहोरको दुर्गन्धले स्थानीयलाई सताइ नै रहेको हुन्छ । फोहोरको उचित व्यवस्थापन समयमा नै नभए स्थानीयलाई स्वास्थ्य नकारात्मक असर पुग्न सक्छ ।

बेलबारी नगरपालिकाका प्रवक्ता तथा बेलबारी ३ का अध्यक्ष योगेन्द्र सुवेदीले ६ वटा नगरपालिका तथा गाउँपालिकामा फोहोर व्यवस्थापनको लागि स्थानको निरीक्षण भई रहेको बताए । डीपीआर तयार भएपछि ११ महिनामै योजना सम्पन्न गर्ने तयारी रहेको सुवेदीले जनाएका छन् । उक्त कार्यको लागि अनुमानित रकम रु।१५ देखी १८ करोड सम्म लाग्ने सुवेदीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्