काठमाडौँ ८ ,चैत । कोरोना भाइरस ( कोभिड १९) को नियन्त्रणका लागि आवश्यक परे साना तथा मझौला होटेल व्यवसायीहरूले सरकारलाई आवश्यक परे आफ्नो होटेल क्वारेन्टाइन बनाउन दिने प्रतिबद्धता जनाएका छन् ।
होटेल व्यवसायी महासङ्घको अगुवाइमा शनिवार भएको बैठकले कोरोना भासइस नियन्त्रणका लागि उपत्यकामा रहेका होटलहरु क्वारेन्टाइन बनाउन दिने निर्णय गरेको हो ।
उपत्यका बाहिर पनि सम्बन्धित जिल्ला अध्यक्षहरूसँग समन्वय गरी देशभर क्वारेन्टाइन सञ्चालनमा सहयोग गर्ने निर्णय गरेको महासङ्घका अध्यक्ष हिराध्वज शाहले जानकारी दिएका छन् । उनले भने ‘सरकारले स्वास्थ्य कर्मी र सुरक्षाको विशेष प्रबन्ध मिलाए हामी निःशुल्क आफ्ना होटलहरु क्वारेन्टाइन बनाउन दिन तयार रहेको बताएका छन् ।
काठमाडौँका होटलहरुमा मात्र ३० हजार कोठा उपलब्ध हुनेछ । ठुला होटलहरुको छाता सङ्गठन होटेल सङ्घ नेपालले भने यस्तो निर्णय गरिसकेको छैन ।