कवि बादल चाम्लिङको कविता कृति “वीर्य जमिन” को विमोचन


बेलबारी, मोरङ / स्रष्टा समाज बेलबारीले आज एक कार्यक्रमबिच कवि बादल चाम्लिङको कविता कृति “वीर्य जमिन” को सार्वजनिक गरेको छ ।

बेलबारी ३ मा रहेको ड्रिमल्याण्ड फन पार्कको सभाहलमा शुक्रवार आयोजित कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख एवम् स्रष्टा ढाकाकुमारी पराजुली, स्रष्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङ, भाषाविद् एवम् स्रष्टा आचार्य “अ” ले संयुक्त रूपमा कविता कृतिको विमोचन गरेका थिए ।

विमोचित कृतिमाथि कार्यक्रमका प्रमुख अतिथि स्रष्टा एवम् बेलबारी नगरपालिका उपप्रमुख ढाकाकुमारी पराजुली, भाषाविद् एवम् स्रष्टा आचार्य “अ“ र स्रष्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङले टिप्पणी गरेका थिए ।

लामो समयदेखि शिक्षण पेसामा आबद्ध कवि बादलको यश अघि नै “पाठेघर” नामक कविता कृति बजारमा आइसकेको छ । “पाठेघर” लाई पाठकहरूले सर्वाधिक मनपराएका थिए ।

प्रतिक्रिया दिनुहोस्