कोरोनाको कारण १० हजार ४८ मानिसको मृत्यु


काठमाडौँ, ७ चैत । चीनको वुहानबाट फैलिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघेको छ ।

विश्वव्यापी महामारीको रूप लिएको कोरोनाले शुक्रवार बिहानसम्म १० हजार ४८ मानिसको ज्यान लिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोरोनाले उद्गमस्थल चीनमा भन्दा इटलीमा बढी मानिसको ज्यान लिएको छ ।चीनमा हालसम्म ३ हजार २४९ मानिसको मृत्यु भएकोमा इटलीमा ३ हजार ४०५ पुगेको छ । बिहीबार थप ४२७ को ज्यान गएसँगै इटलीमा चीनभन्दा १५७ बढीको ज्यान गएको हो ।

इटली र चीनपछि मध्यपूर्वको देश इरान कोरोनाबाट प्रभावित बनेको छ । त्यहाँ पछिल्लो २४ घण्टामै १४९ कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोनबाट ज्यान गुमाउनेको सङ्ख्या इरानमा १ हजार २८४ पुगेको छ ।

मृत्युदरका हिसाबले स्पेन चौथो नम्बरमा छ । यहाँ हालसम्म ८३१ मानिसको ज्यान गएको छ । उपचारका क्रममा बिहीबार मात्रै १९३ ले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्