विश्वका विभिन्न मुलुकमा रहेको ११ नेपालीमा कोरोनाभाइरसको सङ्क्रमण


काठमाडौँ, ४ चैत । विश्वका विभिन्न मुलुक पुगेका ११ नेपालीमा कोरोनाभाइरस (कोभिड १९) सङ्क्रमण भएको छ ।

योसँगै कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १२ पुगेको छ। कोरोना सङ्क्रमित हुनेमा रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका ६ जना, कतारमा २ जना, युएईमा २ जना, अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका १ जना र चीनको वुहानबाट नेपाल फर्किएका १ जना गरी १२ जना छन्। उनीहरू सबैको परिचय गोप्य राखिएको छ।

चीनबाट सुरु भएको कोरोनाभाइरस (कोभिड१९ ) हाल १ सय ६२ देशमा फैलिसकेको छ ।विश्वमा हालसम्म १ लाख ८३ हजार ६ सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भने ७ हजार १ सय १७ जनाको मृत्यु भइसकेको छ ।

चीनमा ८० हजार ८ सय ८१ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । भने ३ हजार २ सय २६ जनाको मृत्यु भइसकेको छ । चीनपछि बढी प्रभावित मुलुक इटलीमा २७ हजार ९ सय ८० जनामा पुष्टि भइसकेको छ । भने २ हजार १ सय ५८ जनाको मृत्यु भइसकेको छ ।

त्यसै गरी इरानमा १४ हजार ९ सय ९१ जनामा पुष्टि भएको छ । भने ८ सय ५३ जनाको मृत्यु भइसकेको छ । कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागी सबै देशले विभिन्न उपाय अपनाए पनि मृत्यु हुनेको सङ्ख्या बढ्दो छ ।

लक्षणहरू

१००.४ फरेनाइट भन्दा माथि ज्वरो आउनु,

ज्वरो आउने

श्वासप्रश्वासमा समस्या देखिने

रुघाखोकी लाग्ने

घाँटी टाउको दुख्ने

कसरी जोगिने ?

रुघाखोकी लागेको तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाइ नियमित गरेमा सङ्क्रमणको सम्भावना कम रहन्छ ।
नियमित रूपमा साबुन पानीले हात धुने

खोक्दा, हाच्छ्युँ गर्दा नाक मुख छोप्ने

सङ्क्रमित व्यक्तिबाट टाढा बस्ने

मास्क लगाएर हिँडडुल गर्ने

पशुजन्य मासु तथा अन्डा राम्रोसँग पकाएर खाने

जंगली र घरपालुवा पशुपन्छीको असुरक्षित सम्पर्कबाट टाढा राख्ने

worldometers को तथ्याङ्कमा आधारित

कोरोना रोकथामको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय

प्रतिक्रिया दिनुहोस्