युवा जागरणले बुझाए ज्ञापन पत्र : उपप्रमुख भन्छिन,‘नगरभित्रै क्वारेन्टाइन स्थापना र आवश्यक परे मास्क उत्पादन गर्ने’


बेलबारी, ३ चैत / कोरोना भाइरसबाट जोगाउन नगरभित्रै क्वारेन्टाइन स्थापना गर्ने र आवश्यक परे मास्क पनि उत्पादन गर्ने बेलबारी नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुलीले बताएकी छन् ।

सोमबार युवा जागरण नेपालले कोरोना भाइरसबाट जोगिन अपनाउनु गर्ने सावधानी तथा जनचेतनामूलक कार्यक्रमको माग गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएसँगै पराजुलीले सो कुरा बताएकी हुन ।

युवा जागरणको ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भए पछि कुराकानी गर्दै पराजुलीले भनिन, ‘कोरोना जस्तो जटिल रोग भित्रन नदिन सम्पूर्ण रूपले तयारी गर्दै नगरभित्रै क्वारेन्टाइन स्थापना गर्नेर्छौ । आवश्यक परे नगरपालिका आफैले मास्क उत्पादन गरी निशूल्क वितरण गर्नेछौ । आम नगरवासीलाई स्थानीय सरकार अभिभावक हो भन्ने महसुस हुने गरी काम गरिरहेका छौ र गरिरहने छौ ।’

सोमबार बिहान युवा जागरणले बुझाएको ज्ञापन पत्रमा कारोनाको त्रासबाट हुने मानसिक तनाव र सङ्क्रमणबाट जोगिन अपनाउनु पर्ने सावधानी विषयमा जनचेतना कार्यक्रम अविलम्ब गर्न बेलबारी नगरपालिकालाई माग गरिएको छ । बजारमा हुन सक्ने कृत्रिम अभाव रोक्न अनुगमन गर्न पनि पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र युवा जागरण नेपालका अध्यक्ष सुजित बस्नेतको नेतृत्वमा बुझाइएको हो ।

युवा जागरण नेपालले सोमबार बेलबारी नगरपालिका उप प्रमुख ढाका कुमारी पराजुली साथै नगर प्रवक्ता तथा वाड नं. ३ अध्यक्ष योगेन्द्र सुवेदीलाई ज्ञापन पत्र हस्तान्तरण गरिएको थियो ।

ज्ञापन पत्र बुझिलिँदै उपप्रमुख पराजुलीले नगरवासीको हितलाई ध्यान दिँदै बजारलाई कृत्रिम अभाव हुन नदिने र कालाबजारी गर्ने व्यापारीलाई कारबाही गर्ने बताएकी छन् । बजार अनुगमन भोलि देखी सुरु गर्ने उनले जनाएकी छन् ।

नगर प्रवक्ता सुवेदीले नगर भित्रको टोल टोलमा नै कोरोनाबाट जोगिने जनचेतना कार्यक्रम गर्ने नगरको योजना नै रहेको बताए । बेलबारी नगरपालिकामा विभिन्न सञ्चार माध्यमबाट र स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै पनि जनचेतना प्रदान गरी रहेको सुवेदीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्