काठमाडौँ ,२ चैत । कास्की जिल्लाको लुम्लेलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प आइतबार गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार आइतबार राति ८ बजेर ४५ मिनेट जाँदा गएको भूकम्पको धक्काको महसुस कास्की आसपासको जिल्लामा समेत गरिएको छ। भूकम्पबाट कुनै पनि क्षति भएको जानकारी आएको छैन ।