स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजका पत्नी पनि कोरोना भाइरसबाट सङ्क्रमित


काठमाडौँ, २ चैत । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजका पत्नी मारिया बेगोना गोमेज फेर्नान्देमा पनि कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ भेटिएपछि उपचार सुरु भएको छ ।

उनी खतरामुक्त रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । स्पेनिस सारकारले मन्त्रिपरिषद्का सबै सदस्यको स्वास्थ्य परीक्षण गराएको थियो। त्यस क्रममा दुई मन्त्री इरेने मोयुरोपमा इटालीपछि स्पेन कोरोना भाइरसले सङ्क्रमित दोस्रो ठुलो देश हो ।

यहाँ शनिवार साँझसम्म कोरोना भाइरस सङ्क्रमणबाट सय जनाको मृत्यु हुनुका साथै ५ हजार ७ सय व्यक्ति सङ्क्रमित भएको स्पेनिस सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्