कोरोना भाइरसको सङ्क्रमणको कारण ४ हजार ९८४ जनाको मृत्यु


पेरिस, चैत १ । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको कारण शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा सङ्क्रमण हुनुको साथै ४ हजार ९८४ जनाको मृत्यु भएको छ ।

कूल सङ्क्रमितमध्ये ७० हजार ३९४ जनाको सफल उपचारपछि घर फर्किएका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको कोरोना भाइरस बाट चीनमा सब भन्दा बढी मृतक र सङ्क्रमितको सङ्ख्या रहेको छ । यद्यपि चीनमा हाल यस भाइरसको सङ्क्रमण कम भएको समाचारमा जनाइएको छ ।

गत डिसेम्बरको अन्त्यबाट सुरु भएको यस भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार १२७ मृत्यु भएको छ भने ८१ हजारमा सङ्क्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्