राई विद्यार्थी सुनसरीको अध्यक्षमा नीता काङमाङ


धरान, ३० फागुन । निता राई किरात राई विद्यार्थी संघ सुनसरी जिल्ला कार्य समितिको पहिलो महिला बनेकी छिन् । महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत उनी संघको सातौँ जिल्ला सम्मेलनबाट अध्यक्षमा निर्वाचित भइन् ।

धरान स्थित किरात राई यायोक्खा भवन यलम्बर स्मृति संग्रालयमा भएको सम्मेलनमा उनको नेतृत्व १७ सदस्यी जिल्ला कार्यसमिति चयन भएको हो ।

यसअघि समिप राई, सन्तोष मुक्मिन राई, यलमहाङ राई, भिमज्वाला राई, देवान किराती लगायतका विद्यार्थीहरु अध्यक्ष भएका थिए ।

सातौ सम्मेलनबाट निता राईको अध्यक्षता १७ नयाँ कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा सुस्मा राई, सचिवमा हेमराज राई, सहसचिवमा अर्जुन राई, कोषाध्यक्षमा अनिल राई, संगठन विभाग प्रमुखमा युवराज राई चयन भएका छन् ।

त्यस्तै प्रचार प्रचार विभागमा सीमा राई, महिला विभागमा जुनु राई, प्रशिक्षण विभागमा परिना राई, अतिरिक्त क्रियाकलाप विभागमा उपार्जुन राई चयन भएका छन् । सदस्यहरुमा मनिसा राई, कल्पना राई र विक्रम राई रहेका छन् ।


सम्मेलनमा केन्द्रीय अध्यक्ष जितेन राई, केन्द्रीय उपाध्यक्ष सन्तोष मुक्मिन राई, महासचिव रविन राई, सचिव प्रविणा राई, किराया सुनसरी जिलला सचिव राजेन्द्र राई, वरिष्ठ पत्रकार क्रृर्षिशेर राई लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्