घरेलु मदिरा सेवनबाट पाँच जनाको मृत्यु


धनुषा, ३० फागुन । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीमा घरेलु मदिरा सेवनबाट एकै गाउँका पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–२ रमैदयाका ३५ वर्षीय बह्मदेव यादव, ३० वर्षीय राजु महरा, ३६ वर्षीय गुदरी महरा, ३० वर्षीय रामनारायण महरा र ४२ वर्षीय विलास मण्डल रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक पप्पु नायकले बताएका छन् ।

प्रहरी निरीक्षक नायकले होली पर्वमा अत्यधिक घरेलु मदिरा सेवनको उनीहरूको मृत्यु भएको बताए । मदिरा पिउँदा सिकिस्त बिरामी परेका ईन्द्रजीत सदाको चिन्ताजनक अवस्थामा धरानमा उपचार भइसकेको छ ।

मृतकलाई जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा ल्याएको जनाएको छ । घटनाको अनुसन्धानमा भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्