कोरोना भाइरस अमेरिकी सेनाले भित्र्याएको प्रवक्ता लिचियानको आरोप


काठमाडौँ, ३० फागुन । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले शुक्रवार सामाजिक सञ्जाल ट्रवीटरमार्फत ट्विट गर्दै कोरोना भाइरस समुद्री खानाबाट फैलिएका नभई अमेरिकी सेनाले भित्र्याएको आरोप लगाएका छन् ।

लिचियानले हुबेई प्रान्तको वुहानमा कोरोना भाइरस अमेरिकी सेनाले भित्र्याएको आरोप लगाएको हो । कोरोना भाइरसलाई रासायनिक प्रयोगशालामा जैविक हतियारको रूपमा प्रयोग गर्न बनाइएको हल्ला पनि फैलिएको थियो । तर, यो हल्ला निराधार रहेको वैज्ञानिकहरूले बताएका छन् ।लिचियानले गत अक्टोबरमा चीनको वुहानमा इन्टरनेशनल मिलिटरी वल्र्ड गेम्स अमेरिकी सेनाले पनि भाग लिएको थियो ।

सोही समयमा अमेरिकी सेनाले वुहानमा कोरोना भाइरस फैलाएको दाबी गरेको छ । क्यानडेली कन्सपाइरेशन वेबसाइटले पनि कोरोना भाइरस चीनको समुद्री खानाबाट नफैलिएका उल्लेख गरेको छ ।

उक्त वेबसाइटले यो भाइरस अमेरिकामा निस्किएको दाबी गरेको थियो । लिचियानलेको यस्तो ट्विटपछि अमेरिकाले यस विषयमा पूरा जानकारी नदिएको र पारदर्शिता देखाउँदै सबै विवरण दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्