नेपालमा ६ जनालाई कोरोना भाइरस भएको आशङ्का


काठमाडौँ, २९ फागुन । कोरोना भाइरस सङ्क्रमित भएको आशंकामा ६ जनालाई राजधानीका दुई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार चार जनालाई टेकु अस्पताल र दुई जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा. विकास देवकोटाले सङ्क्रमणको आशंकामा ६ जनालाई आइसोलेसन वार्डमा राखिएको जानकारी गराएका हुन् ।

तर, उनीहरूको नाम र ठेगाना भने गोप्य राखिएको छ यसअघि चार नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । यसरी कोरोना पुष्टि भएकामा एक नेपालमै रहेका र अन्य तीन जना विदेशमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्