बेलबारीको पाँचौँ नगरशभा बिहीबार देखी सुरु


बेलबारी / मोरङको बेलबारी नगरपालिकाको पाँचौँ हिउँदे अबिधेशन (नगरशभा ) बिहीबार देखी सुरु भएको छ ।

दुई दिन सम्म सञ्चालन हुने नगरशभामा दुई वटा ऐनहरू पारित गरिने मेयर ज्ञानेन्द्र सुबेदीले बताए । शभाले खेलकुद तथा सार्वजनिक सम्पत्ति सम्रक्ष्ण, समन्धि ऐन पारित गर्ने मेयर सुबेदीले बताए ।

नगरशभावाट ऐनै पारित गरेपछि खेलकुद विकास समिति गठन गर्ने बाटो समेत खुल्ने छ भने सार्वजनिक जग्गाहरूको संरक्षण संवर्धन तथा प्रवर्धन गर्ने समेत बाटो खुल्ने छ ।

विकास निर्माणका लागि जग्गाहरू अभाव भइरहेका वेला नगरपालिकाले कानुनै बनाएर जग्गा तथा अन्य सार्वजनिक सम्पत्तिको संरक्षण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्