घर तथा भवनहरु आधीकारीक निकायवाट बनाउन बेलबारी नगरपालिकाको आग्रह


बेलबारी / मोरङको बेलबारी नगरपालिकाले नगरपालिका भित्र संचालित संघ–सस्था तथा बितिय सस्थाहरु दर्ता,नविकरण गरेर मात्रै संचालन गर्न आग्रह गरेको छ ।

नगर कार्यपालिकको २४ गते बसेको बैठकले दर्ता तथा नविकरण नगरी संचालन गरे संस्थाहरुको सेवा प्रबाह नगर्ने निर्णय गरेको नगरपालिकाका प्रबत्ता योगेन्द्र सुवेदिले बताए ।

नगरपालिका भित्र केहि संघ सस्थाहरु दर्ता नभई संचालन भइरहेको थाहा पाएपछि नगरपालिकाले यस्तोनिर्णय गरेको हुन सक्ने बुझिएको छ । प्रबत्ता सुवेदिका अनुसार नगरपालिका भित्र निर्माण हुने घर तथा भवनहरु आधीकारीक निकायवाट बनाउन आग्रह समेत गरेको छ ।

ब्याबसायिक प्रमाणपत्र लिएका ब्याबसायि वाट मात्रै बनाउने निर्णय गरीएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्