सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ८२ हजार ३०० रुपैयाँमा कारोबार


काठमाडौं, २८ फागुन । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार तोलामा ८२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु ४०० घटेको छ । यस्तै तेजावी सुन बुधबार तोलामा ८२ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदी ८८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो । सुनको भाउ लगातार बढेका कारण अहिले सुनचाँदी पसल सुनसान जस्तै बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्