तनहुँमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु


तनहुँ, २८ फागुन । तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा आज बिहान ग १ त ४८०८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका–४ नयाँपुल बस्ने २२ वर्षीय राजकुमार परियार रहेको प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताएका छन् ।

सडकबाट १५० मिटर तल ट्रयाक्टर खस्दा चालकको घटनास्थलमै र सहचालकको स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्