अहिलेसम्म चार नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि


काठमाडौँ, २७ फागुन । नेपालमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणको उच्च जोखिम रहेकोले अहिलेसम्म चार नेपालीमा कोरोना भाइरस भएको पुष्टि भइसकेको छ ।

यसरी कोरोना संक्रमित हुने नेपालीमा एक नेपालमै रहेका र अन्य तीन जना विदेशमा रहेका छन् । चीनबाट फर्किएका एक नेपालीलाई ज्वरो आएपछि टेकु अस्पतालमा जाँच गराउँदा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । तर, उपचारपछि उनी अहिले पूर्ण स्वस्थ भएर काममा फर्किसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ यस्तै युएई (दुबई) मा दुई जना र अस्ट्रेलियमा एक नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ४४१ नेपालीर्को याल र रगतको नमुना परीक्षण गराएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटा भन्छन्, ‘हिजो (सोमबार) साँझसम्मको रिपोर्टअनुसार ४४१ जनाको परीक्षण गरियो, त्यसयता थप शंकास्पद व्यक्ति भर्ना भएका छैनन् ।’

प्रतिक्रिया दिनुहोस्