हुम्लामा शुक्रवार साँझदेखि निरन्तर हिमपात


हुम्ला, २४ फागुन । हुम्लामा शुक्रवार साँझदेखि निरन्तर भएको हिमपातले चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ ।

जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।शुक्रवार बिहान मौसम सफा भएर घाम लागेको भए पनि दिउँसोबाट मौसममा एक्कासि परिवर्तन हुँदा हिमपात सुरु भएको हो । मौसममा आएको बदलीसँगै एक्कासि बाक्लो हिमपात सुरु भएर जमिनमा बाक्लो हिउँ जमेको छ ।

जिल्लामा हिमपात हुँदा जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजीवन कष्टकर बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्