कोरोना भाइरस संक्रमीतको लागि मोरङ र उदयपुरमा क्वारेन्टाइन स्थल राख्ने


विराटनगर ,२३ फागुन । प्रदेश १ सरकारले कोरोना भाइरस संक्रमणको आशंका गरिएकाको उपचारका लागि मोरङ र उदयपुरमा क्वारेन्टाइन स्थल बनाउने भएको छ ।

कोरोना संक्रमितको शंका लागेकालाई उचित स्वास्थ्य परीक्षणसहित स्वास्थ्य सेवा प्रदान गर्न १ एक हजार जना क्षमताको क्वारेन्टाइन स्थल निर्माण गर्न लागेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बताएका छन् ।

दुई जिल्लाको कुन ठाउँमा क्वारेन्टाइन स्थल राख्ने भन्ने निधो नभएको उनले बताए । ‘एक हजार क्षमता रहने गरी मोरङ र उदयपुर जिल्लामा क्वारेन्टाइन स्थल निर्माण गर्ने सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्