आत्महत्या दुरुत्साहन मुद्दा खेपिएका सन्जेललाई सफाइ


काठमाडौँ, २२ फागुन । काठमाडौँ जिल्ला अदालतले आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका समता स्कुल र समता अस्पतालका सञ्चालक उत्तम सन्जेललाई सफाइ दिएको छ ।

न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले अभियोगको दाबी नपुग्ने ठहर गर्दै सञ्जाललाई सफाइ दिएको हो । प्रतिवादी रहेका उत्तम सन्जेलकी श्रीमती कला सन्जेल, तीर्थकुमारी गुरुङ र सङ्गीता केसी तीनै जनाले सफाइ पाएका छन् ।

आठ महिनाअघि समता अस्पताल बौद्धमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीय विमला तामाङले आत्महत्या गरेपछि सन्जेल दम्पती विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा परेको थियो ।

तामाङले आत्महत्या गरेपछि उनका आफन्तहरूले समता अस्पतालमा तोडफोड समेत गरेका थिए भने प्रहरीले सन्जेल दम्पतीलाई पक्राउ गरेको थियो ।सन्जेल एक सय रुपैयाँमा बालबालिकालाई उच्च शिक्षा दिँदै आएको समता स्कुलका सञ्चालक हुन्

प्रतिक्रिया दिनुहोस्