काठमाडौँ ,२१ फागुन । भारतमा नोबेल कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमित सङ्ख्या २२ पुग्नुको साथै पछिल्लो २४ घण्टामा थप १५ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमित मध्ये तीन जना निको भइसकेका छन् ।
भारतमा पहिलो पटक केरलामा कोरोनाको सङ्केत देखिएको थियो । १९ जना सङ्क्रमितलाई चिकित्सकको निगरानीमा अस्पतालमा राखेर उपचार गराई रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीनबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण भारतको केरलाका साथै दिल्ली, तेलंगना, जयपुर लगायतका क्षेत्रमा देखा परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।